Logo
Logo

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकीलाई देश निकालासहित नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध


1.6k
Shares

काठमाडौं । राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो  । विदेशी नागरिक भएर राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएको हो । उनले पक्राउ पर्दा पनि राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । 

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए । लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो । प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो । पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको खेल्नमा आएको छ । 

ुपर्यटक भिसामा आएर नेपालको सार्वभौममाथि प्रहार हुने खालका कुनै पनि गतिविधि गर्न पाइँदैन । कानुनले नै त्यसलाई बन्देज लगाएको छ । तर अमेरिकी नागरिक जुलियन किर्पालले निरन्तर राजनीति गतिविधिमा संलग्न भएको पाइएको हो । 

प्रतिक्रिया दिनुहोस्