Logo
Logo

सुदूरपश्चिमको भाषा हराउँदै जानु चिन्ताको विषय : देउवा 


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका छन् । देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए ।

‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ,’ देउवाले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौँ । हामी सबै नेपाली बोल्न थालेका छौँ । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अङ्ग्रेजीमा बोल्ने गरेका छन् ।’

देउवाले संसारभर भाषा बचाउने अभियान र सङ्घर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । देउवाले भने  ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’ उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए । उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने गरिएको चर्चा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्