Logo
Logo

माओवादीको जागरण अभियान फेरि सुरु


756
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केही समय स्थगन गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गतेदेखि नवलपुरको गैंडाकोटबाट अभियान पुनः सुरु गरिएको हो । 

अभियानका लागि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टिम गैंडाकोट पुगेको हो । माओवादीले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो । अभियान अन्तर्गत अब नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला बाँकी रहेका छन् ।

आजबाट सुरु भएको अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पनि जोडिएका छन् । यसअघि पार्टीको बैठकहरूमा सक्रिय भएपछि कुनै जिम्मेवारी नतोकिएको कारणले पुन अभियानमा हिँडेका थिएनन् ।

गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्