काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ अन्तर्गत सोमबारको खेलमा लखनऊमा घरेलु टोली लखनऊ र चेन्नई सुपर किंग्स (सीएसके) एकआपसमा भिड्दैछन्।

लखनऊले अघिल्लो खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै उच्च मनोबलसहित मैदान उत्रिने तयारीमा छ। चेन्नई भने लगातार असफल प्रदर्शनपछि जितको खोजीमा छ।
लखनऊस्थित एकाना क्रिकेट रंगशालामा हालसम्मको औसत स्कोर १८४ रहेको छ। मैदान ठूलो भएकाले स्पिन बलरको भूमिका निर्णायक हुने अनुमान गरिएको छ। साथै, सिजन २०२४ मा यहाँ चेज गर्ने टोलीले १० मध्ये ६ खेल जितेका छन्, जसले टसको महत्त्व अझ बढाएको छ।