कामठाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्ता गरेका छन् । जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न राष्ट्रपति ट्रम्पलाई भ्रमणको आग्रह गरेका हुन् ।

‘कृपया, कुनै पनि निर्णय वा वार्ता अघि ज्यान गुमाएका मानिस, नागरिक, योद्धा र बालबालिकाका साथै ध्वस्त भएका अस्पताल तथा चर्च हेर्न आउनुहोस्,’ जेलेन्स्कीले सीबीएससँगको एक अन्तर्वार्तामा भने । उक्त अन्तर्वार्ता सुमी सहरमा रुसी क्षेप्यास्त्र प्रहार हुनुभन्दा पहिले रेकर्ड गरिएको हो ।
सुमी सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तीमा दुई बालबालिका छन् । १५ बालबालिकासहित १ सय १७ जना घाइते भएका जनाइएको छ ।
यद्यपि, ट्रम्पले जेलेन्स्कीको निमन्त्रणा स्वीकार गर्नेरनगर्ने हेर्न बाँकी छ । यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनको भ्रमण गरेका थिए । उनी हालसम्म युक्रेन भ्रमण गर्ने ट्रम्प प्रशासनका एक मात्र मन्त्री हुन् ।