
काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाकारी गराएका हुन् ।
‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका सुवेदीले जनाकारी गराएका हुन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदै छ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासङ्घले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । शिक्षकहरूले नयाँ वर्ष पनि सडमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गरेर मनाएको छ ।