
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन एक हजार ७०० रुपैयाँले घटेको हो ।
चैत ३१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार १७०० रुपैयाँ घटेर क एक लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार ९४५ कायम भएको छ । यसअघि चैत ३१ मा चाँदी तोलामा १९६० रुपैयाँमा कारोबार भएको थियो ।