Logo
Logo

त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र अनलाइनबाटै पाइने


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र अनलाइनमार्फत दिने भएको छ ।

टीयुले सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै उपस्थित हुनैपर्ने अवस्थाको अन्त्य गर्दै आजबाट अनलाइन सेवालाई निरन्तरता दिएको हो ।

त्रिभुवन विश्वविद्यालयले यसअघि २०८० माघ १५ देखि प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा सुरु गरेको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै वेबसाइट ह्याक भएपछि उक्त सेवा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्