Logo
Logo

विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ


378
Shares

काठमाडाौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका भारतीय नागरिकको लगेज जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा बरामद गरिएको जानकारी दिए ।

एसएसपी राठौंरका अनुसार उनलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्