Logo
Logo

सत्तागठबन्धनभित्र संशय : संयन्त्र डाकेर छलफल


6.3k
Shares

काठमाडौं । सत्तागठबन्धनभित्र संशय उब्जिने सङ्केत भइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार काँग्रेस सभापति शेरबहादुर देउवासँग मङ्गलवार बिहान छलफल गरेका छन् ।

बालुवाटारमा करिब एक घण्टा दुई नेताबिच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरूप कार्यशैली नभइरहेको भनी आएका टिप्पणीबिच कुराकानी भएको हो ।

स्रोतका अनुसार गठबन्धनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबिच कुनै पनि किसिमको अन्यौल छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले काँग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

संयन्त्रको बैठक केही दिनभित्रमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् । नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र काँग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्