Logo
Logo

मुलुकको निकासका लागि भ्रष्ट नेताहरूले कुर्सी खाली गर्नुपर्छ : प्रभु साह


819
Shares

काठमाडौं। आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको गलत हर्कतलाई एमाले र कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूले मानिरहनु पर्ने कुनै आवश्यकता नरहेको बताएका छन् । 

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेता कार्यकर्ताहरूले यी नेताहरूको कुकर्मलाई स्विकार्दैनन् । नेताहरूको लुट, भ्रष्टाचार तपाईँकै पार्टीका नेता कार्यकर्तालाई बढी थाहा छ ।’

सिंहदरबारबाट भ्रष्ट नेताहरूले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलेको सङ्कटबाट निकास पाउने बताउँदै उनले अति गरे जनताले लतारेर निकाल्ने चेतावनी दिए । 

उनले अहिले मुलुक गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउँदै सरकार सञ्चालन सही व्यक्तिबाट हुनुपर्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्