Logo
Logo

२०८२ को पहिलो कारोबारको दिन सेयर बजारका लागि हर्षमय


252
Shares

काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अङ्कले उकालो लागेको छ । सो अङ्कको वृद्धिपछि नेप्से परिसूचक २६८९ अङ्कमा पुगेको छ । 

बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।

२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैङ्क र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैङ्क २.४६ प्रतिशत बढे । बैङ्किङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९(, हाइड्रोपावर १.४७, जीवन बीमा )।८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे । आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्क, ग्रिन डेभलपमेन्ट बैङ्क, सप्तकोशी विकास बैङ्क, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घट्यो ।

बलेफी हाइड्रोपावर सबैभन्दा धेरै कारोबार हुने रह्यो । सो कम्पनीको २ अर्ब रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्