Logo
Logo

माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी


252
Shares

काठमाडौं । वित्तीय पीडितहरूले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै सरकारलाई विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी दिएको छ । 

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासङ्घ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रूपमा लिएको बताएका हुन् । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य हुने बताए । 

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासङ्घ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटक पटक भएका सम्झौताहरूलाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । 

उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठुलो प्रदर्शन गर्ने जानकारी समेत गराए ।  लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौँदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्