Logo
Logo

म सरकारमा हुँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको रहेको वेला दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको बताएका छन् । मङ्गलवार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरेको दाबी गरे ।  ‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,’ प्रचण्डले भने ।

साथै, उनले संयुक्त राष्ट्रसङ्घ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलियो उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसङ्घको कुरा गरौँ, चाहे जलवायु परिवर्तनको कुरा गरौँ, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौँ हामीले नेपाल र नेपालीको पक्षमा र, त्यति बेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो । मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसङ्घमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो,’ पूचण्डले भने । 

राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको प्रचण्डले सुनाए । ‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो,’प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्