Logo
Logo

१७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


819
Shares

झापा । १७ वर्षीया एक बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पर्सा जिल्ला, वीरगंज महानगरपालिका–२ निवासी २४ वर्षीय दिलबर खानलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई सोमबार राति पक्राउ गरेको हो । प्राप्त जानकारीअनुसार, खानले झापा जिल्लाको मेचीनगर नगरपालिका–९ स्थित संगम चोक नजिकै रहेको साईकिर्पा कपी उद्योगमा शनिवार राति ती बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

पीडित पक्षबाट उजुरी परेपछि प्रहरी टोलीले अनुसन्धान अघि बढाउँदै खानलाई पक्राउ गरेको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्