Logo
Logo

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक, गगनले गरे बहिष्कार !


24k
Shares

काठमाडौं । सरकारमाथि नेपाली कांग्रेसका नेताहरूले आलोचना गरिरहेका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित रमेश लेखक, आरजु देउवा तथा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल , शंकर पोखरल र विष्णु रिमाल सहभागी छन् ।

संयन्त्रका सदस्य रहेका कांग्रेसका महामन्त्री गगन थापा बैठकमा सहभागी छैनन्। थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्