Logo
Logo

प्रहरीको कारगेड मोटरसाइकल खरिदमा एक करोड अनियमितता


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २ साउन ।
नेपाल प्रहरीको कारगेड मोटरसाइकल खरिदमा अनियमितता भएको महालेखाले औल्याएको छ । ठेक्का पाउने कम्पनीलाई मिल्ने गरी बोलपत्रको सर्त संशोधन गरिएको र लागतमा अनुमानमा एउटै कम्पनीले दिएको भन्दा करिब तीन लाख रुपैयाँ धेरै मुल्यमा मोटरसाइकल खरिद गरिएको छ ।

आपुर्ती हुने मोटरसाइकल नेपालभित्र न्युनतम एक वर्ष नियमित प्रयोगमा आएको हुनुपर्ने भनि कायम भएको व्यहोरा हटाइएको थियो । अर्काेतर्फ सुरक्षा निकाय तथा सरकारी निकायमा सामान आपुर्ती गरेको अनुभव न्यूनतम तीन वर्षको राखिएकोमा पछि संशोधन गरेर एक वर्षृ बनाइएको थियो ।
जून कम्पनीसँग मोटरसाइकल खरिद गरिएको थियो उसले लागत अनुमान तयार पर्दा प्रति मोटरसाइकल ३८ लाख ४० हजार पर्ने उल्लेख गरेको थियो । पछि सोही कम्पनीसँग ४१ लख २८ हजारका दरले खरिद गरिएको थियो । यसरी ३० वटा मोटरसाइकल खरिदमा एक करोड भन्दा धेरै अनियमितता भएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र एसएसपी दीपक थापाको मिलेमतोमा सो खरिद भएको थियो । सो प्रकरणलाई तामेलीमा राख्न अख्तियारमाथि दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्