
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि मिश्र र राणा पक्राउ परेका थिए । राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ । राप्रपाले यही वैशाख ७ गते काठमाडौं केन्द्रित आन्दोलन गर्दै छ ।











