Logo
Logo

ओली नेतृत्वको सरकार भ्रष्टाचारी र दलाललाई बचाउन बनेको हो : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक भएको आरोप लगाएका छन् । रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक भएको आरोप लगाएका हुन् ।

प्रचण्डले सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गर्दै दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शी भएको टिप्पणी गरे ।

‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो । यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो,’ उनले भने, ‘मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’

प्रतिक्रिया दिनुहोस्