
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । उनले प्रतिनिधिसभा सांसदको जिम्मेवारीमा मात्रै रहने भन्दै राजीनामा दिएकी हुन् ।
स्रोतका अनुसार उनले पछिल्लो पटक सभापति रवि लामिछाने हिरासत बसाईपछि पार्टी जिम्मेवारीमा फर्किएको दिन नै सुमनाले राजीनामा बुझाएकी थिइन् । तर, उनले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सम्भवतः आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने केन्द्रीय समिति बैठकमा सुमनाले आफ्नो धारणा राख्नेछिन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा सम्बन्धमा आफ्नो धारणा राख्ने जानकारी दिए ।











