काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्व. पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा आज मौन प्रदर्शन गर्ने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको हो ।

पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानविन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव रोहित दाहालले जानकारी दिए ।
राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनमा समाचार संकलनका क्रममा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।











