
काठमाडौं । नेकपा माओवादी केन्द्र विराटनगर समितिले आगामी वैशाख ७ गते नगर सम्मेलन गर्दैछ । विराटनगर महानगर समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।
विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तय भएको छ । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने अभियान अन्तर्गत यो सम्मेलनलाई लिइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए ।
सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने सम्मेलनको बन्दसत्र बैशाख ८ गते हुने छ । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्नेछ ।











