Logo
Logo

पत्रकार सुरेश रजक हत्याको निष्पक्ष छानविन आयोग गठन गर्न माग


1.3k
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्व. पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै बिहीबार रत्नपार्कस्थित शान्तिबाटिकामा मौन प्रदर्शन गरेको छ ।

पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानविन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरिएको हो ।

राज्यको ध्यानाकर्षण गराउनका लागि मौन प्रदर्शन गरिएको महासचिव रोहित दाहालले बताए । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनमा समाचार संकलनका क्रममा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्