काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा अचानक परेका ठुलठुला असिनाले विनाश मच्चाएको छ । पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा असिनाले सयौँ गाडी र घरका झ्यालका सिसा फुटेका छन् ।

इस्लामाबादका बासिन्दाले जीवनमा यति ठुला असिना पहिलो पटक देखेको बताएका छन् । खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो । त्यहाँ धेरै ठुलो पानी पनि परेकाले लन्डी कोटल क्षेत्र डुबानमा परेको छ । धेरै गाडी पानीमा बगेका छन् । असिनापानीका कारण धेरै कारका सिसा फुटेका भीडीओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।











