Logo
Logo

पूर्वमन्त्री आलेमाथि अख्तियारको छानबिन : धनगढी विमानस्थल जग्गा खरिदमा अनियमितता


4.5k
Shares

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि गरिएको जग्गा खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । २०८१ चैत ११ गते अख्तियारमा उजुरी दर्ता भएपछि आयोगले प्रक्रिया अघि बढाएको हो ।

उजुरीमा मन्त्री आलेले निजी कम्पनीमार्फत जग्गा खरिद गरेर राज्यको १ अर्ब रुपैयाँ बजेट दुरुपयोग गरेको आरोप छ । उनले मेघा बैङ्कसँग मिलेर विमानस्थल क्षेत्र आसपासको ३० बिघा जग्गा ७५ करोडमा खरिद गरेको, र सो जग्गामा आफ्ना स्वकीय सचिव, ठेकदारलगायतलाई साझेदार बनाएको भनिएको छ ।

मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सात दिनभित्र स्पष्ट प्रतिक्रिया र कागजात पेस गर्न निर्देशन दिएको छ । पूर्वमन्त्री आलेले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारीले बजेट शीर्षक नै हटाएपछि विमानस्थल विस्तारको योजना अलपत्र परेको छ। हाल अख्तियारले मन्त्रालयसँग लिखित जवाफ माग्दै अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्