Logo
Logo

शिक्षक आन्दोलनप्रति झलनाथ खनालको ऐक्यबद्धता


378
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूको आन्दोलनप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिबद्धता जनाएका छन् । बिहीबार शिक्षकहरूको आन्दोलन स्थलमै पुगेर नेता खनाल ऐक्यबद्धता जनाएका हुन् । 

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरूले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरे पनि नेपाल शिक्षक महासङ्घले असहमति जनाउँदै आएको छ ।

उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप सशक्त बनाउँदै गरेका छन् । महासङ्घले सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासङ्घले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको थियो।

विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्