काठमाडौं । यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’मा अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ । तर, उक्त सूचना भ्रमक भएको सूचना अधिकारी नारायण पोख्रेलले दृष्टि न्यूजलाई जानकारी दिए ।
उनले भने– ‘सामाजिक सञ्जालमा प्रेसित भइरहेको उक्त सूचना फेक हो, परीक्षा स्थागित गर्ने कुनै निर्णय भएको छैन । परीक्षाको तयारीको लागि हामी जुटिरहेको छौँ ।’











