Logo
Logo

नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिए


1.3k
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैङ्कको १८ औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका भट्टले गभर्नर नियुक्तका लागि सकारात्मक सङ्केत पाएपछि शुक्रवार कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन् ।

उनले गभर्नर नियुक्तिमा राजीनामा दिनु पर्ने भएकाले राजीनामा दिएको जानकारी गराएका हुन् । डा. भट्टले गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले आफूले राजीनामा दिएको जनाएका छन् ।

राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्ने विषयमा कानुनी अन्यौलता देखिएको छ । कानुनी अन्यौलतासँगै भट्टले उच्च राजनीतिक नेतृत्वबाट गभर्नर बनाउने पक्का भएसँगै राजीनामा दिएका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले डा।भट्टलाई गभर्नर नियुक्ति गर्ने ठानिएको छ ।

गत बुधवार सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गभर्नरको भागबन्डा टुङ्गिएको छ । गभर्नर काँग्रेसको भागमा पर्ने गरी भागबन्डा टुङ्गिएपछि भट्टले राजीनामा दिएका छन् ।

गभर्नर नियुक्ति प्रक्रिया अन्तरिम तयारीमा पुगेसँगै राष्ट्र बैङ्कका बहालवाला दुई कार्यकारी निर्देशकले राजीनामा दिएका छन् । नयाँ गभर्नरको दौडमा रहेका डा। प्रकाश श्रेष्ठ र डा.गुणाकर भट्ट दुवैले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्