Logo
Logo

गभर्नर नियुक्तिमा गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता


5.9k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा गुणाकर भट्टको नाम अघि सारिएकोमा आपत्ति जनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रवार भट्टको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले दलहरूबिचको सहमतिका आधारमा ऐन विपरीत दूषित प्रक्रिया अपनाइएको आरोप लगाएका छन् ।

सर्वोच्च प्रशासनले उक्त रिटलाई आइतबार सुनुवाइका लागि पेसीमा राख्ने गरी पूरक निवेदनसमेत स्वीकार गरिसकेको छ । डा। भट्टले शुक्रवार मात्र राष्ट्र बैङ्कको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

यसअघि, २ वैशाखमा उप्रेती र थापाले नै दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई नियुक्ति प्रक्रियामा सहभागी नगराउन सरकारलाई अन्तरिम आदेश दिएको थियो । नयाँ गभर्नर नियुक्तिको तयारी भइरहेको बेलामा भट्टको नाममा उठेको कानुनी प्रश्नले प्रक्रिया थप जटिल बन्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्