Logo
Logo

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमेरिका प्रस्थान 


693
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातिहरूका मुद्दाहरूसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको चौबीसौँ सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी शुक्रवार अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

उनले अप्रिल २१ देखि मे २ तारिखसम्म अर्थात् यही वैशाख ८ देखि १९आयोजना हुने कार्यक्रममा सहभागिता जनाउनेछन् । उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ । यूएन–पीएफआईआई विश्वभरका आदिवासी जनजातिहरूको अधिकार र सरोकारहरूलाई सम्बोधन गर्ने संयुक्त राष्ट्र सङ्घभित्रको एक शक्तिशाली निकाय हो । यसले आदिवासी जनजातीसँग सम्बन्धित मुद्दाहरूका लागि संयुक्त राष्ट्र सङ्घको प्रणालीभित्र समन्वयकारी निकायको रूपमा काम गर्दै आएको छ ।

यस्तै, संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् (ईसीओएसओसी) को सल्लाहकारको रूपमा पनि यो निकायले काम गर्छ । ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू’मा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाहरूका विषयमा व्यापक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्