Logo
Logo

अब समस्याको समाधान दिनुपर्ने समय आयो : गगन थापा


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब समस्या देखाएर मात्र नहुने, समाधान दिनुपर्ने समय आएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा उनले कांग्रेस अब गुनासो गर्ने पार्टी नभई समाधान दिने पार्टी बन्नुपर्नेमा जोड दिए।  थापाले भने, ‘हामी रोजगारीको समस्या समाधान गर्न चाहन्छौँ । अब कांग्रेसले समाधान दिने पार्टीको रूपमा भूमिका खेल्नुपर्छ।’

थापले कांग्रेसले ‘मिसन रोजगारी’ नामक राष्ट्रिय अभियान सुरु गरेको  र जसमा वैदेशिक रोजगारीका समस्या समाधान गर्ने उद्देश्य राखिए जानकारी दिए । महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान अघि बढाइरहेको थापाले बताए । 

‘वैदेशिक रोजगारीको क्षेत्र गाली र तिरस्कारको विषय होइन । हामी ज्ञान उत्पादन गर्ने, समाधान खोज्ने काममा सरोकारवालासँग सहकार्य गर्न चाहन्छौँ,’ थापाले भने ।  उनले केही विश्वविद्यालय र शैक्षिक संस्थाहरूसँग सहकार्य सुरु भइसकेको जानकारी दिए। थापाले निजी क्षेत्रसँग पनि सहकार्य गर्दै नेपालको रोजगारी समस्या समाधान गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्