Logo
Logo

अब माओवादीले कसैलाई बोक्दैन : प्रचण्ड


1.2k
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनभित्रको तनाव झन् गहिरिँदै गएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार आफैँ ढल्ने अवस्थामा पुगेको बताएका छन् ।

कपिलवस्तुको बहादुरगञ्जमा शुक्रवार आयोजित तराई–मधेश हुलाकी जागरण अभियान अन्तर्गत आयोजित सभामा दाहालले सत्ता साझेदारहरूमाथि कटाक्ष गर्दै भने, ‘कांग्रेस र एमालेलाई माओवादीले बोक्दा उनीहरूलाई फाइदा भयो, तर अब हामी त्यस्तो गल्ती दोहोर्याउँदैनौं ।’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि गम्भीर आरोप पनि लगाए । उनका अनुसार केही बिचौलियाहरूको चलखेल ले देशको विकास निर्माण प्रक्रियामा बाधा पुगेको छ भने भ्रष्टाचार मौलाएको छ । ‘ओली सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो,’ दाहालले आरोप लगाए । उनले कुलमान घिसिङ लगायतका कर्मठ व्यक्तिहरूलाई हटाइएको घटनालाई सरकारको गलत नियतको प्रमाणका रूपमा प्रस्तुत गरे ।

यसै क्रममा अध्यक्ष दाहालले बुद्धसँग जोडिएको ऐतिहासिक स्थल तिलौराकोटको अवलोकन पनि गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्