Logo
Logo

९ महिनामा काठमाडौं महानगरले जरिबानाबाट मात्रै २ करोड ४७ लाख  उठायो 


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ जरिबाना मात्रै उठाएको छ ।

महानगरपालिका राजस्व विभाग प्रमुख दीपक अधिकारीले दिएको जानकार अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व सङ्कलन गरेको हो । जुन गत वर्षको तुलनामा १९ प्रतिशत बढी हो ।

गत आव चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ उठाएको थियो । काठमाडौं महानगरले सभा, सम्मेलन, आन्दोलन गर्दा फोहोर गर्ने राजनीतिक दल, संस्थालाई कारबाही गर्दै आएको छ । यस्तै जथाभाबी पोस्टर टाँस्ने, होर्डिङ बोर्ड राख्ने, फोहोर फाल्ने, अनुमतिविना सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने जस्ता विभिन्न शीर्षकमा कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्