काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पञ्जाब किंग्सबीच खेल हुने छ। खेल बैंगलुरुको एम चिन्नस्वामी मैदानमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

आरसिबीले यस सिजन घरेलु मैदानमा अझै जित हात पार्न सकेको छैन । टोलीले चारवटै जित बाहिरी मैदानमा दर्ता गरेको छ । आजको खेल घरेलु मैदानमा पहिलो जित हासिल गर्ने अवसरका रूपमा रहेको छ ।
पञ्जाब किंग्स यस सिजनको सबैभन्दा विस्फोटक पावरप्ले प्रदर्शन गर्ने टोलीमध्ये एक हो । दुई टोलीबीच अहिलेसम्म ३३ पटक भिडन्त भएकोमा आरसिबीले २६ र पञ्जाबले १७ खेल जितेका छन्। दुवै टोलीका ८ अङ्क रहेका छन् र अङ्क तालिकामा तेस्रो तथा चौथो स्थानमा छन्। आजको खेल जित्ने टोलीले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्ससँग अङ्क बराबरी गर्नेछ, जसले प्लेअफ समीकरणलाई अझ रोचक बनाउनेछ।











