Logo
Logo

धमिलो पानीमा माछा मार्ने दुस्साहस नगरे हुन्छ : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका त्रुटिपूर्ण कामकारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्ने प्रयास गरिरहेको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय राजतन्त्र पुनःस्थापना गर्ने प्रयासहरू देखिन थालेको उल्लेख गर्दै ती गतिविधिहरूलाई चेतावनी दिएका हुन् ।

‘माओवादी केन्द्रले तपाईँहरूको साथ छाड्ने छैन,’ उनले सम्मेलनमा भने, ‘अहिले देखा पर्न थालेका प्रतिगामी षड्यन्त्रहरू, जुन हालको सरकारका गलत कदमहरूका कारण सम्भव भएका छन्, धमिलो पानीमा माछा मार्ने दुस्साहस हुन् । तर यस्ता प्रयास सफल हुने छैनन् ।’

उनले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनले देशभरिका नेवार समुदायलाई एकताबद्ध गर्दै सरकारका अनुचित गतिविधिहरूलाई स्पष्ट रूपमा खबरदारी दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्