Logo
Logo

इटाली र अमेरिकाको डिजिटल सेवा करविरुद्ध संयुक्त वक्तव्य


189
Shares

काठमाडौं । इटाली र अमेरिका‌ले डिजिटल सेवा कर ९डीएसटी० विरुद्ध संयुक्त वक्तव्य जारी गरेका छन् । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको भेटपछि जारी वक्तव्यमा डीएसटीलाई ‘पक्षपाती’ बताइएको छ ।

गुगल, फेसबुक, अमेजन, एप्पलजस्ता अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी विभिन्न देशहरूले डीएसटी लगाउँदै आएका छन् । अमेरिका यस्ता करलाई अनुचित ठान्दै आएको छ। ट्रम्पले फ्रान्स, बेलायत, क्यानडा लगायतका देशमाथि अनुसन्धान र ट्यारिफको चेतावनीसमेत दिएका थिए ।

इटालीमा वार्षिक ७५० मिलियन युरोभन्दा बढी कारोबार गर्ने कम्पनीहरूले ३ प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्छ। इटालीले यसबाट वार्षिक करिब ५ सय मिलियन युरो राजस्व सङ्कलन गर्छ । तर, अमेरिकी दबाबका बिच मेलोनीको सरकारभित्रकै केही दल भने सामाजिक योजनाको खर्च जुटाउन यो कर आवश्यक ठानिरहेका छन् ।

इटालीका अर्थमन्त्री जियानकार्लो जिओर्जेटीले डीएसटीबारे द्विपक्षीय वार्ताको आवश्यकता रहेको बताएका छन् । इटालीले एआई, क्लाउड र कम्प्युटिङ क्षेत्रमा अमेरिकी लगानीको स्वागत गर्दै डेटा सेन्टर विस्तारका लागि सघाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्