काठमाडौं । पुरुष प्रजनन स्वास्थ्यप्रति जागरूकता फैलाउने उद्देश्यले विश्वकै पहिलो ‘शुक्राण’ दौडु आगामी अप्रिल २५ मा अमेरिकाको लस एन्जलसस्थित हलिउड प्यालेडियममा आयोजना हुँदै छ ।

‘स्पर्म रेसिङ’ नामक कम्पनीद्वारा आयोजित यो अनौठो रचनात्मक कार्यक्रम कुनै सामान्य मनोरञ्जन मात्र होइन, वैज्ञानिक र सामाजिक सन्देश बोकेको एक पहल हो । कार्यक्रममा दुई वास्तविक शुक्राणुहरू महिला प्रजनन प्रणालीको नक्कल गरिएको २० सेन्टिमिटर लामो सूक्ष्म ट्र्याकमा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकहरूका अनुसार यो प्रतियोगिताको मुख्य उद्देश्य पुरुष प्रजनन क्षमतामा आएको गिरावटप्रति जनचेतना फैलाउनु हो । विगत ५० वर्षमा पुरुषहरूको शुक्रकीट सङ्ख्या ५० प्रतिशत भन्दा बढीले घटेको तथ्याङ्कलाई उजागर गर्दै कार्यक्रमले समाजमा स्वास्थ्य सम्बन्धी खुला संवादको वातावरण बनाउन खोजेको छ ।
‘स्पर्म रेसिङु का सह-संस्थापक एरिक झू भन्छन्, ‘यदि मानिसहरू खेलकुदका लागि तालिम लिन सक्छन् भने, आफ्नो स्वास्थ्यको लागि किन होइन ?
शुक्राणु दौडलाई माइक्रोस्कोप र एचडी क्यामेराको माध्यमबाट प्रत्यक्ष रेकर्ड गरिनेछ । झन्डै ४,००० दर्शकहरूले यो दौड हेर्न सक्नेछन्। कार्यक्रमलाई खेलकुद कार्यक्रमको शैलीमा प्रस्तुत गरिनेछ । प्रत्यक्ष कमेन्ट्री, डेटा विश्लेषण, रिप्ले र दर्शक सहभागितासहित दर्शकहरूले आफूले रोजेको शुक्राणु नमुनामा बाजीसमेत लगाउन पाउनेछन् ।
विज्ञहरूका अनुसार एक शुक्रकीटको लम्बाइ लगभग ०.५ मिलिमिटर हुन्छ र औसत गतिमा प्रति मिनेट ५ मिलिमिटर दूरी तय गर्न सक्छ। यस आधारमा, २० सेन्टिमिटर लामो ट्रयाक पार गर्न करिब ४० मिनेट लाग्ने अनुमान गरिएको छ ।











