Logo
Logo

परराष्ट्रमन्त्री राणा बैंकक जाँदै


819
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन भोलि थाइल्याण्डको बैंकक प्रस्थान गर्न लागेकी छन् । उक्त सत्र यही वैशाख ९ गतेदेखि १३ गतेसम्म (२१–२५ अप्रिल) बैंककमा आयोजना हुँदै छ ।

नेपाल हाल यूएनएस्केपको अध्यक्ष राष्ट्र भएकाले डा. राणाले यस सत्रको अध्यक्षता गर्नेछिन् । साथै, उनले नेपालको प्रतिनिधित्व गर्दै उक्त सत्रलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यस पटकको सत्रको मुख्य विषयवस्तु “एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग” रहेको छ । मन्त्री डा। राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली राजदूतावासका अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल उक्त सत्रमा सहभागी हुँदै छ ।

प्रतिनिधिमण्डल यही वैशाख १३ गते (२५ अप्रिल) स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्