Logo
Logo

एनएसएल : ललितपुर फाइनलमा, धनगढीको अपराजित यात्रा टुट्यो


819
Shares

काठमाडौं  । साविक विजेता ललितपुर सिटी एफसीले १० खेलाडीमा सीमित भए पनि धनगढी एफसीलाई २-१ ले पराजित गर्दै तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको १६औँ मिनेटमा मणि कुमार लामा विवादास्पद रातो कार्ड पाएपछि ललितपुर दश जनामा समेटिएको थियो। तर त्यसपछि पनि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्‍यो ।

५७औँ मिनेटमा क्रेभेन्स बेलफोर्टको फ्री९किकमार्फत ललितपुरले अग्रता बनाएको थियो । तीन मिनेटमै जर्ज प्रिन्स कार्कीले बराबरी गोल फर्काए । तर ७९औँ मिनेटमा पापा इबाउ केबेले व्यक्तिगत प्रयासमा आकर्षक गोल गर्दै ललितपुरलाई २-१ को जित दिलाए ।

धनगढीले खेलमा थुप्रै अवसर गुमायो, जसमा अहमद हिजाजीका दुई वान९भर्सेस९वान मौका पनि समावेश छन् । यो पराजयसँगै धनगढीको यस सिजनको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

अब धनगढीले दोस्रो क्वालिफायरमा एफसी चितवन र पोखरा थन्डर्सबीच हुने इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्