Logo
Logo

सिटिजन्सको मोबाइल बैंकिङबाटै शेयर अप्लाइ गर्न सकिने, अन्य के-के छन् सुविधा ?


882
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकका लागि मोबाइल बैंकिङमार्फत नै आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्न सक्ने व्यवस्था गरेको छ । यो बैंकले थपेको नयाँ फिचर हो । जसमा आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्न अरू एप्पको आवश्यकता पर्ने छैन । अरू बैंकहरूमा यस्तो फिचर अहिलेसम्म आएको छैन ।

अरू बैंकहरूबाट आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्ने मेरो सेयर एप्पको सााहारा लिनुपर्ने हुन्छ । सिटिजन्स बैङ्कले आफ्ना सेवा विस्तारमा व्यापक सुधार ल्याएको छ ।

बैंकको नयाँ सेवाबारे जानकारी दिँदै रोजीना तिवारी भनिन्, ‘यो हाम्रो नयाँ फिचर हो । हामीले ग्रहाकहरुलाई सहज होस भनेर यस्तो फिचर थपेका हौँ । सिटिजन्स बैंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरूले सीआरएन(कस्टमर रजिस्ट्रेसन नम्बर) लग–इन गरेर मोबाइल बैंकिङबाटै शेयर अप्लाई गर्न सक्छन् ।’ यसले ग्राहकहरूलाई आईपीओ भर्नका लागि छुट्टै एप्लीकेशन अथवा प्लेटफर्मको प्रयोग गर्न नपर्ने उनले बताइन् ।

बैंकिङबाट शेयर अप्लाइबारे जानकारी दिँदै तिवारीले भनिन्, ‘मोबाइल बैंकिङबाट शेयर अप्लाइ गर्नका लागि डिम्याट खाता, मेरो शेयर खाता र बैंकमा खाता खोलेको हुनुपर्ने छ । तर, यसमा डिम्याट खाता र मेरो शेयर खाता जुनसुकै स्थानबाट खोलोको भए पनि हुन्छ ।’

नयाँ ग्राहक अथवा कुनैपनि खाता नभएकाले सिटिजन्स बैंकबाटै डी–म्याट खाता खोलेर मेरो शेयर खोल्न सक्ने उनले जानकारी दिइन् । यसका लागि ग्राहकको डिम्याट खातामा भएको नाम र मोबाइल नम्बर तथा सिटिजन्स बैंकको खातामा भएको नाम र मोबाइल नम्बर मिल्नुपर्ने छ अर्थात् डिम्याट अकाउन्टमा भएको नाम र मोबाइल नम्बर एउटै हुनुपर्ने तिवारीले बताइन् ।

सिटिजन्स बैंकको मोबाइल बैंकिङमा रहेको ‘माईआसबा’ अप्सनमा जानुपर्ने हुन्छ । माईआसबामा ग्राहक रजिस्ट्रेसन नम्बर(सीआरएन) रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । उक्त रजिस्ट्रेसन गरिसकेपछि त्यहाँबाट खुलेका भर्न मिल्ने आईपीओ, एफपीओ र राइट शेयर अप्लाइ गर्न सकिने तिवारीले बताइन् ।

तिवारीले भनिन्, ‘एक पटक ‘माईआसबा’मा सीआरएन नम्बर रजिस्टर गरेपछि पुनस् गर्नुपर्ने आवश्यक हुने छैन । ग्राहकले सिधैं मोबाइल बैंकिङको ‘माई आस्बा’बाटै शेयर अप्लाइ गर्न सक्नेछन् । जो हाम्रोमा रियल टाइम नै देखाउँछ । सेयर अप्लाई गर्दा प्रक्रिया पुगे, नपुगेको पनि यसमा सहजै जानकारी लिन सकिन्छ । सेयर वितरण भएपछि परे नपरेको र के कति कारण सेयर परेन त्यो पनि यसकै देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्