Logo
Logo

काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त


819
Shares

काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज बिहानैदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकहरुले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको हो ।

यसअघि शिक्षक आन्दोलनका कारण माइतीघर–बानेश्वर खण्ड दिउँसो बन्द गरिँदै आएको थियो । तर, आज दिउँसो राप्रपाले विजुलीबजार सहित निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि शिक्षकहरु दिउँसोको समय सारेर बिहानै ९ बजेदेखि प्रदर्शनमा उत्रिएका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले शिक्षक आन्दोलनका कारण मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप रहेकाले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या रहेकाे बताए ।

बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरुले सास्ती खेप्नुपरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्