काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्र्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ ।

यसअघि तीन ठाउँमा प्रदर्शन गर्ने भनेको थियो । तर, आज बिहान बसेको नेताहरूको अनौपचारिक बैठकले बानेश्वर र बिजुलीबजार केन्द्रित मात्र प्रदर्शन गर्ने निर्णय गरेको उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।
सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरु अहिले बिजुलीबजारमा भेला हुन थालेका छन् । त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् ।
¥याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । तामाङका अनुसार सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुनेछ ।











