Logo
Logo

डा. गुणाकर गभर्नर नियुक्ति नभई दायर रिटमा सुनुवाइ आज


1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

डा. भट्टलाई गभर्नर बनाउने चर्चाकै भरमा अधिवक्ता विशाल थापासहितले दिएको पूरक निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको हो ।

सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेका थिए । यसअघि नै अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको थियो । पूरक निवेदन पनि सँगै पेसी चढेको हो ।

न्यायाधीशद्वय फुयाल र पाण्डेको इजलासमा आइतबार ३८ मुद्दा छन् । भट्टलाई समेत विपक्षी बनाइएको मुद्दा ३७औँ नम्बरमा छ । यसकारण उक्त मुद्दाको पालो आउने सम्भावना न्यून छ ।

सत्तारुढ दल नेकपा एमाले र कांग्रेसबीच भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको चर्चा भइरहेको छ । चर्चाकै भरमा डा. भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको हो ।

प्रतिक्रिया दिनुहोस्