Logo
Logo

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षकहरूको अनुरोध


1.8k
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ ।

शैक्षिक आम हड्तालको यो अभियानलाई सफल बनाउन भन्दै महासंघले विज्ञप्तिमार्फत निजी विद्यालय बन्द गरिदिन सञ्चालकहरूलाई आग्रह गरेको हो । महासंघले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्