Logo
Logo

सिंहदरबार वरिपरि सवारी सञ्चालनमा रोक


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका दक्षिण गेट, हनुमानथान, अनामनगर, न्यूप्लाजा, वैद्यखाना र स्वास्थ्य मन्त्रालय आसपासका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । ती क्षेत्रका सडक सुनसान छन् भने विभिन्न स्थानमा ब्यारिकेड राखेर आवागमन बन्द गरिएको छ ।

सिंहदरबारको पर्खाल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी र दङ्गा नियन्त्रण बल तैनाथ गरिएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिकै पनि पानीको फोहोरा हान्ने गाडीसहित दङ्गा नियन्त्रण टोली राखिएको छ ।

सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ, भने सीमित व्यक्तिहरूलाई मात्र सघन जाँचपछि प्रवेश दिइएको छ । राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग राख्दै प्रदर्शन गर्दै छ ।

प्रदर्शनपूर्व सिंहदरबारभित्र पम्प्लेटसहित प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ भने अन्य कार्यकर्ताहरूले रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्