Logo
Logo

ठगी गरेको आरोपमा जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ


1.4k
Shares

काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट पक्राउ परेका यादवमाथि ललितपुर प्रहरी परिसरमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीको पत्रको आधारमा यादवलाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।  प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि ललितपुर पठाइने छ ।

उनी माथी अनुमतिबिना गैरआवासीय मधेशी सङ्घका विदेश बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा सङ्घका पूर्वअध्यक्ष इन्जिनयर बसन्त कुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करौडौं रुपैयाँ उठाएको आरोप लागेको छ । 

प्रतिक्रिया दिनुहोस्