Logo
Logo

न्यायाधीश नियुक्ति गर्न परिषदको बैठक बस्दै


69.2k
Shares

काठमाडौं । न्याय परिषदको बैठक आज पनि बस्दैछ । न्यायाधीश नियुक्ति गर्न आइतबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज (सोमबार) पनि बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक न्यायाधीश नियुक्ति नगरी टुंगिएको थियो । नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन् । हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन् ।

प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन्।

प्रतिक्रिया दिनुहोस्