
बुटवल । पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेनबाट खानीछाप गइरहेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका–४, बेलडाँडामा दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ ।











