Logo
Logo

रुस र युक्रेनबीचको युद्धविराममा आरोप-प्रत्यारोप, कसले के भन्यो ?


1k
Shares

काठमाडौं । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताएका छन् । उनका अनुसार सुरु भएको ६ घण्टामै ३८७ पटक गोलाबारी र १९ पटक आक्रमण भएको छ, साथै २९० पटक ड्रोन प्रयोग गरिएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनले डोनेत्स्क क्षेत्रमा आक्रमण गरेको र रूसी सेनाले त्यसलाई रोकिदिएको दाबी गरेको छ । मन्त्रालयले युक्रेनबाट धेरै पटक गोलाबारी र ड्रोन आक्रमण भएको बताएको छ ।

पुटिनले यो युद्धविराम ‘मानवीय कारण’ले घोषणा गरेका थिए, भने जेलेन्स्कीले पनि समर्थन जनाउँदै यसलाई ३० दिनसम्म लम्ब्याउने प्रस्ताव गरेका छन् । तर, किभका केही बासिन्दाले रुसमाथि विश्वास गर्न नसकिने बताएका छन् । उनीहरूले शान्तिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्