
काठमाडौं । सप्तकोशीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । सुनसरीको इटहरी–१६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।
सोमबार ८ः ३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउन गएका मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।











